विराटनगरमा ५३८ किलो गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–८, हाटखोला सडक खण्डबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार शंकास्पद सवारी साधन भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो। प्रदेश–१–०२–००१ च १६६६ नम्बरको सिल्भर रंगको कारमा लोड गरिएको अवस्थामा ५ सय ३८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा बेवारिसे अवस्थामा भेटिएको र कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न चालक तथा कारोबारीको खोजी कार्य जारी रहेको मोरङ प्रहरी कार्यालयले जानकारी दिएको छ।

Add a Comment