उदयपुरमा ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

विराटनगर । उदयपुर प्रहरीले ट्याक्टर चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

त्रियुगा नगरपालिका–१३, बहेडवाका देवनारायण चौधरीको घर अगाडि पार्किङ गरी राखिएको स १ त २८२३ नम्बरको ट्याक्टर बिहीबार दिउँसो करिब १ः०० बजे हराएको थियो। चोरी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले खोजतलास गर्दा १४ घण्टाभित्रै ट्याक्टरसहित संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।

शुक्रबार बिहान करिब ३ः०० बजे त्रियुगा–१३ कै फुलजोरबाट चोरीमा संलग्नहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डीगढी–५ का २५ वर्षीय रोहितकुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी रहेका छन्।

चोरीमा प्रयोग गरिएको बा६३ प ५४७५ नम्बरको स्कुटरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

Add a Comment