September 20, 2025
दैलेखमा लेखा अधिकृत घुससहित पक्राउ
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार कार्कीले गाउँपालिकामा सम्पन्न सडक स्तरोन्नति र निर्माण योजनाको अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा टोली खटिएको थियो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले सेवाग्राहीसँग सो घुस रकम लिइसकेको अवस्थामा शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–९ मङ्गलगडी चोकबाट नियन्त्रणमा लिइएको हो।
कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।