September 20, 2025
हमासले ‘बिदाइ तस्बिर’ सार्वजनिक, नेपाली बिपिन जोशी पनि समावेश
विराटनगर । हमासले गाजामा रहेका इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक तस्बिरमा नेपालका बिपिन जोशी पनि समावेश छन्।
तर उक्त तस्बिरमा कति जीवित र कति मृत छन् भन्नेबारे केही जानकारी खुलाइएको छैन। हमासले तस्बिर बाहिर ल्याए पनि बन्धकहरूको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन।
इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्धकहरू जीवितै रहेको अनुमान गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तीमध्ये २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्।
गाजा क्षेत्रमा इजरायलले कब्जा र विनाश गर्ने अभियानलाई तीव्र बनाइरहेका बेला हमासले बन्धकहरूको तस्बिर सार्वजनिक गरेको हो।