मंगलबार २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य
विराटनगर । स्थानीय बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला दुई हजार तीन सय रूपैयाँले बढेको हो।
आज (मंगलबार) सुन तोलाको मूल्य दुई लाख ३५ हजार चार सय रूपैयाँ कायम भएको छ। सोमबार यसको मूल्य दुई लाख ३३ हजार एक सय रूपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। सोमबार प्रतितोला २९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज विश्व बजारमा सुन प्रतिऔंस ३९ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
गत एक वर्षको अवधिमा मात्रै सुनको मूल्य करिब ७२ हजार रूपैयाँले वृद्धि भएको छ। चाडपर्व नजिकिँदै जाँदा बजारमा सुनको कारोबार क्रमशः सक्रिय हुँदै गएको सुन व्यवसायीहरूको भनाइ छ।