सुनसरीमा गोदाम घरबाट जुवा खेलिरहेका ७ जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित गोदाम घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्।

मंगलबार राति प्रहरीले विशेष सूचनाको आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१ का ५२ वर्षीय रमानन्द महतोसहित ७ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद रु १ लाख ९० हजार ५ सय ९० र १६ बुक तास बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

Add a Comment