October 12, 2025
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
बिराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। चिकित्सकहरूको निगरानीमा राखी उपचार गरिएको राष्ट्रपति पौडेललाई स्वास्थ्य अवस्था सामान्य भएपछि आज डिस्चार्ज गरिएको हो।
राष्ट्रपति कार्यालयका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ। डाक्टरहरूको सल्लाहअनुसार केही दिन विश्राम गर्ने र आवश्यक स्वास्थ्य परीक्षणहरू निरन्तर गरिने बताइएको छ।