डा. कमल (निकोलस) भुसाल गोरखाबाट पक्राउ

बिराटनगर / सामाजिक सञ्जालमार्फत पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका डा. कमल (निकोलस) भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार भुसाललाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरिएको हो। उनी सामाजिक सञ्जालमार्फत समाजलाई भड्काउने, असहिष्णुता फैलाउने र सार्वजनिक शान्ति–सुरक्षामा असर पार्ने किसिमका अभिव्यक्ति दिँदै आएको आरोपमा पक्राउ गरिएको जनाइएको छ।

गोरखामा नियन्त्रणमा लिएपछि उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

भुसालले पछिल्ला केही महिनायता आफ्ना अभिव्यक्ति र पोस्टका कारण सामाजिक सञ्जालमा निकै विवाद निम्त्याएका थिए। प्रहरीले भने कानूनी प्रक्रिया अनुसार उनको बयान लिएर आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

Add a Comment