November 11, 2025
मधेस प्रदेशका नवनियुक्त प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण
बिराटनगर। मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कर्णलाई सोमबार मात्र मधेस प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो। यसअघि राष्ट्रपति पौडेलले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्दै नयाँ प्रमुखका रूपमा कर्णको नियुक्ति गरेका थिए।
शपथग्रहण समारोहमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, उच्च पदस्थ अधिकारीहरू तथा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त प्रदेश प्रमुख कर्णले शपथपछि संविधान र कानूनले तोकेको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
