सरस्वती पूजाको अवसरमा विराटनगरस्थित किडजी स्कुलमा निःशुल्क एडमिसन खुला
विराटनगर । विराटनगरमा अवस्थित किडजी स्कुलले आउँदै गरेको सरस्वती पूजाको अवसरमा निःशुल्क एडमिसन खुला गर्ने भएको छ। विशेषगरी पीजी ग्रुपमा निःशुल्क एडमिसनको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ।
लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको किडजी स्कुल विराटनगर वडा नं. १ मा पीजी ग्रुपदेखि कक्षा युकेजीसम्म तथा वडा नं. ५ मा कक्षा १ देखि ५ सम्म सञ्चालन हुँदै आएको छ। विद्यालयले शान्त, सुरक्षित र स्वास्थ्यकर वातावरणमा विद्यार्थीहरूलाई पठनपाठन गराउँदै आइरहेको छ।
पाठ्यक्रमसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै विद्यालयमा कराँते, गायन, नृत्य, विभिन्न खेलकुद गतिविधा तथा अन्य अतिरिक्त क्रियाकलापहरूको समेत प्रशिक्षणको व्यवस्था गरिएको छ।
विद्यार्थीहरूको उज्ज्वल भविष्यलाई मध्यनजर गर्दै भोलिका दिनमा राम्रो शिक्षा हासिल गरी उन्नति–प्रगति गरून् भन्ने उद्देश्यका साथ विद्यालय सञ्चालनमा ल्याइएको किडजी स्कुलकी प्रधानाध्यापक सबिका पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयले राम्रो सेवा सुविधा सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र सरस्वती पूजाको अवसरमा अभिभावकहरूका लागि यो निःशुल्क एडमिसनको अवसर महत्वपूर्ण हुने बताउनुभयो।
विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थी केन्द्रित शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
