सरिता कर्मकार विराटनगर/ विराटनगर स्थित जलजला चोकमा च्याम्पियन्स कराँते एकेडेमीमा बिहीबार एक विशेष जूनियर बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ४० जना कराँते खेलाडी विध्यार्थीहरुले सहभागिता जनाएका थिए। कार्यक्रम अन्तर्गत विभिन्न परिक्षा मार्फत खेलाडीहरुको प्रदर्शनको मूल्याङ्कन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा परिनिता सिंही, दक्षिता अग्रवाल, कायरव लुनिया र दर्शना पराजुली रहेका छन्।
विराटनगर / विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२५ का लागि प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन समितिका आयुक्त अभिनास थापाको नेतृत्वमा सम्पन्न निर्वाचन प्रक्रियाबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कबिराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभाष भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी,
विराटनगर/ कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले सहमति अनुरुपको रकम उपलब्ध नगराउँदा विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण नोक्सानीमा गएको छ। २०७९ साल चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको गोल्डकपमा २२ लाख ६२ हजार ८०८ रुपैयाँ घाटा भएको आयोजक ट्रष्टले सार्वजनिक गरेको छ। आयोजक ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले आइतबार विराटनगरमा आयोजित
विराटनगर/ पौष शुक्ल पूर्णिमाका दिन आजबाट स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म श्रद्धालुहरुले दैनिक रुपमा स्वस्थानीको कथा भन्ने र सुन्ने गर्छन्। स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। आजको दिन हात गोडाका नङ काटी, स्नान गरी,
विराटनगर / कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशसभाको छैठौँ एवं हिउँदे अधिवेशन आह्वान गरेका छन्। खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। आइतबार बिहान बसेको कोशी मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो। सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम खापुङले