विराटनगरमा च्याम्पियन्स कराँते एकेडेमीद्वारा जूनियर बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न

सरिता कर्मकार
विराटनगर/ विराटनगर स्थित जलजला चोकमा च्याम्पियन्स कराँते एकेडेमीमा बिहीबार एक विशेष जूनियर बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ४० जना कराँते खेलाडी विध्यार्थीहरुले सहभागिता जनाएका थिए।

कार्यक्रम अन्तर्गत विभिन्न परिक्षा मार्फत खेलाडीहरुको प्रदर्शनको मूल्याङ्कन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा परिनिता सिंही, दक्षिता अग्रवाल, कायरव लुनिया र दर्शना पराजुली रहेका छन्। दर्शना पराजुलीले ब्लु बेल्ट प्राप्त गर्दा, परिनिता सिंही, दक्षिता अग्रवाल र कायरव लुनियाले वोरेन्ज बेल्ट प्राप्त गरे। उनीहरूलाई बेल्टका साथै प्रमाणपत्र र पानीको बोतल पनि ईनाम स्वरुप प्रदान गरिएको थियो।

एकेडेमीका संचालक सुरज कामतले खेलाडीहरूलाई ब्ल्याक बेल्टसम्म पुर्‍याउनका लागि यो प्रमोसन एक महत्वपूर्ण स्टेप भएको बताए।
कार्यक्रममा सितोरियो कराँते संघका केन्द्रीय सदस्य धर्म न्यौपाने, मोरङ कराँते संघका अध्यक्ष चन्द्र पराजुली, रंगेली कराँते डोजोका प्रशिक्षक गोपाल बराल ,प्रशिक्षक साहिल गिरी, विवेक थापा लगायतको उपस्थिति रहेको थियो।

सहभागी सबै खेलाडी विध्यार्थीहरुलाई पनि वोरेन्ज बेल्ट र प्रमाणपत्र वितरण गरिएको एकेडेमीले जनाएको छ।