Category: समाचार

दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

बिराटनगर। सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा आज दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा ३२ प ४४८६ नम्बरको मोटरसाइकल र स ४ प ९९५० नम्बरको मोटरसाइकल आज बिहान सवा ११ बजे आपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा परी ९९५० नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ६ का ५२

पहिरोले घर बगाउँदा दुई जनाको मत्यु

बेनी। म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको

र्दिवासमा तीन वटा बैंकहरु रहेको भवनमा आगलागी

बिराटनगर। महोत्तरीको बर्दिवास नगरपालिकामा तीन वटा बैंकहरु रहेको भवनमा आगलागी भएको छ। सिद्धार्थ बैंक, कामना विकास र नेपाल एसबिआई बैंक रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिएका छन्। आगलागी सिद्धार्थ बैंकको कोठाबाट सुरु भएको प्रहरीले जनाएको छ। आगलागी भएको सूचना पाउनासाथ आगलागी नियन्त्रणको प्रयास भइरहेको रावलले बताए।

ललितपुर महानगरपालिकाका र महालक्ष्मी नगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिए

ललितपुर। ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । महानगरको ५ र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले बताए ।उनले भने,‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौं । उक्त रोगलाई

सुनसरी मोरङ र झापामा खतराको तह पार : कास्कीको लामपाटनमा १२ घण्टामै ३१३ मिलिमिटर वर्षा

काठमाडौं । मौसम बदली भई देशभर पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही ठाउँमा वर्षाले खतराको तह पार गरेको छ । देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको छ । विभागको मापन अनुसार कास्की, सुनसरी, चितवन र झापामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा

नेपाली बजारमा सुन-चाँदीको मूल्य घटे

काठमाडौं। नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ४ सय रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। यसदिन

माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरे

सन्धिखर्क। प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्नुपर्ने माग गर्दै कर्मचारीहरूले सोमबार सिंहदरबारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् । नायब सुब्बा बचाउ अभियानको पहलमा विभिन्न नारा र मागहरु लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्। प्रत्यक्ष जनसम्पर्कमा रहेर सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन र सेवा प्रवाह गर्न सबैभन्दा महत्वपूर्ण भूमिकामा

श्रावन महिनाको तेस्रो सोमबार शिवालयमा भक्तजनको भीड

बिराटनगर। श्रावन महिनाको तेस्रो सोमबार देशका विभिन्न भागमा रहेका शिवालयमा भक्तजनको भीड लागेको छ। श्रावन महिनाको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ। श्रावन महिनाको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस अवसरमा विशेषगरी

नेपाली सेना पूर्वी कमान्ड हेडक्वाटरको बजेटबाट निर्मित विद्यालय भवनको उद्घाटन

झापा। नेपाली सेनाले झापा गाउँपालिका-७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको छ। नेपाली सेना पूर्वी कमान्ड हेडक्वाटरको बजेटबाट निर्मित विद्यालय भवनको आइतबार एक कार्यक्रमका बीच कमान्डका सेनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका हुन्। उद्घाटनपश्चात् उपरथी खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई भवन हस्तान्तरण गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उपरथी खड्काले भने, ‘नेपाली सेना जनश्रमदानको लागि

नागपञ्चमीमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा

दैलेख। कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक विदा दिएको छ। साउन शुक्ल पञ्चमी (नागपञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। कर्णाली प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्री परिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधि राज न्यौपानेले बताए।