August 1, 2022
नेपाली बजारमा सुन-चाँदीको मूल्य घटे
काठमाडौं। नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ।
आज सुन तोलामा ४ सय रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। यसदिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।