काठमाडौं / देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ। बिहान ८ बजेदेखि २,०७९ परीक्षा केन्द्रहरूमा एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएको यस वर्षको एसईईमा गत वर्षको तुलनामा ४९ हजार २८६ जना बढी विद्यार्थी सहभागी छन्। गत वर्ष ४ लाख
काठमाडौं /काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरको युरो र डलर प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। सोमबार राति ११ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले टोखाबाट यो रकम बरामद गरेको थियो। रसुवागढी हुँदै चीन पठाउन लागिएको आशंकासहित प्रहरीले अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोकका ट्रक चालकले फल्स बटम (गुप्त
काठमाडौं / र्यापर भिटेन को स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ। सिनेमा ‘आउटलः दफा २१९’ मा समावेश यो गीत सिनेमा प्रदर्शन भएको पाँच दिनपछि सार्वजनिक गरिएको हो। डिस्को सेटअपमा छायांकन गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ। निर्माणपक्षले यो गीतको अधिकार भिटेनसँग खरिद गरेर सिनेमामा
विराटनगर / कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठक ले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारी ले मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरिएको
काठमाडौं। ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको ‘नो केबलकार समूह’ ले सडकमा सुतेर विरोध जनाएका छन्। काठमाडौंको माइतीघरस्थित सडकमा सुतेर बुधबार उनीहरुले विरोध जनाएका हुन्। केबलकार निर्माणको विरोधमा उनीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। गृह मन्त्रालयले ‘नो केबलकार समूह’ लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन भएपछि उनीहरु अझै विरोधमा छन्। सांस्कृतिक सम्पदा मास्ने
विराटनगर । मोरङको लेटाङ्ग फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइलन खेलमा आयोजक लालि गुँरास स्पोर्टिङ क्लब रानी मिल्स एरियालाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लेटाङ्ग सेमिफाइलनमा पुगेको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको
कविता दिलकुमार घमाल, जब जात र धर्मका विभेद हटेर विश्व एउटा साझा फूलबारी बन्नेछ तब हरेकले शान्तिको सास फर्नेछन् सबैको आँखामा चम्किलो आशा भरिनेछ मानवताको शक्तिले हरेकको मन र मुटु जोडिनेछ धर्मका नाममा लड्न नपर्ने जातका नाममा भेदभाव नगर्नुपर्ने हामी सबै एकै मूलका हामी सबै एकै धर्तीका हामी सबै एकै आकाशका सपना र आशाका
विराटनगर /सरकारले यस वर्षको रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्। बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय
काठमाडौँ / राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न स्कुले विद्यार्थीहरूको ठूलो सहभागिता देखिएको छ। गत बिहीबार फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले प्रेरणात्मक सन्देश दिने भएकाले विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई हलसम्म पुर्याएका छन्। सोमबार दरबारमार्गस्थित क्युएफएक्स हलमा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका ३६०
विराटनगर / भगवान श्रीराधाकृष्णको चरित्रमा आधारित पाँचदिने रासलीला मंगलबार साँझ विराटनगरको अतिथि सदनमा सुरु भएको छ। हैदराबादका त्रिदण्डी चिन्न जियर स्वामी र कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा प्रदेश प्रमुख खापुङ्गले धर्म र संस्कृति व्यक्ति तथा समुदायको पहिचान भएको बताउँदै, समाजका सबै संस्कृतिहरू समानरूपमा फस्टाए मात्र राष्ट्र समग्र