Category: राजनीति

जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री वितरण

सर्लाही । महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय, मधेश प्रदेश, जनकपुरले विद्यालयमा अध्ययनरत बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा बौद्घिक अल्पसंख्यक र अपाङ्गता भएका ४० जनालाई जिल्ला समन्वय समितिको सभा कक्षमा एक समारोहका बीच जाडोबाट बच्न न्यानो लुगा लगायतका सामग्री (कम्बल, टोपी र म्याट) वितरण गरिएको छ । कार्यक्रममा जिल्लास्थित श्रीमती सरस्वतीदेवी सामुदायिक आधारभूत विद्यालय, गोडैता

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठकलगायतका विविध विषयमा छलफल हुने पार्टी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए। गृहमन्त्रालयको विषयलाई लिएर सत्ता साझेदार दलबीच खटपट परिरहेका बेला राप्रपाले बैठक बोलाएको हो। सर्वोच्च

प्रतिनिधि सभाका सभामुखले गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गरे

काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा गतिशील र प्रभावकारी ढंगले उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन्। बिहीबार संसद भवनमा आयोजित संसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदमा गम्भीर भएर उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन्। सं‌सदलाई व्यवस्‍थित गर्न संविधानसम्वत निर्माण भएका ऐेन नियमहरूलाई परिस्कृत गर्दै लैजाने उनको भनाइ छ। सभामुख घिमिरेले भने,’जनउत्तरदायी भएर हामीले

विकास जनताको हकहितमा हुनुपर्छ :अध्यक्ष महन्थ ठाकुर

महोत्तरी। लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले विकास जनताको हकहितमा हुनुपर्नेमा जोड दिएका छन्। मंगलबार महोत्तरी आएका अध्यक्ष ठाकुरले जनमैत्री विकास नै अहिलेको मुख्य आधार रहेकाले सोही अनुसारको गतिविधि सञ्चालन गर्नका लागि जनप्रतिनिधिलाई आग्रह गरेका छन्। महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका अध्यक्ष ठाकुरले शिक्षा, स्वास्थ्य सडक कृषि जस्ता आधारभूत आवश्यकतालाई

लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिए

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका हुन्। गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ। नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै

रवि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो। यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। अमेरिकी

देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि अघि बढिरहेको :नेकपा (एमाले) अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि अघि बढिरहेको बताएका छन्। सहिद दिवसको अवसरमा आज सन्देश दिँदै उनले सहिदले देखेको सपनाको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको बताएका हुन्। उनले भनेका छन्, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता,

स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो:राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन्। सहिद दिवसको अवसरमा सोमबार सन्देशमार्फत उनले ज्ञात-अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्। सन्देशमा भनिएको छ, ‘सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त

देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधै प्रेरणादायी हुने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीपूर्ण परिस्थितिमा नयाँ सरकार गठन भएको बताएका छन्। सहिद दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ संकल्पित भएको बताएका छन्। उनले एकपटक सहिदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आव्हान गरेका छन्। ‘चुनौतीपूर्ण

चितवनको क्षेत्र नं २ रिक्त बनेको क्षेत्रमा उपनिर्वाचन हुने

काठमाडौं। सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ। आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा