Drishya Surgical Suppliers मा कार्यरत कर्मचारीले तलब नपाएको गुनासो
विराटनगर । विराटनगरस्थित हस्पिटल चोकमा रहेको Drishya Surgical Suppliers मा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका छन्। कम्पनीले समयमै तलब नदिँदा बाध्य भएर काम छोड्नुपरेको र पटक–पटक माग गर्दा पनि पाउन नसकेको पीडित कर्मचारीहरूले बताएका छन्।
विराटनगर निवासी पर्शुराम यादवले २०८२ साल साउन ३ गतेदेखि सो कम्पनीमा सर्जिकल सप्लायर्स बिजनेस हेड को रूपमा काम सुरु गरेका थिए। उनले एक महिनाको तलब मात्र पाएको र त्यसपछि हालसम्म कुनै पनि तलब नपाएको बताए। त्यसैगरी कम्पनीकी HR को रुपमा प्रियता खवासले २०८२ असार १९ गते बाट काम सुरु गरेको थिईन्, उनले लामो समय सम्म पनि तलब नपाए पछि मंसिर १८ गते राजिनामा दिएकाे थिइन्।
कम्पनीमा कार्यरत अन्य कर्मचारीहरूले पनि लामो समयदेखि तलब नपाउँदा काम गर्न असहज भएको भन्दै अन्ततः सबैले अफिस जान बन्द गरेको बताएका छन्। पीडित कर्मचारीका अनुसार पुस २४ गते कम्पनीका CEO पर्वत दाहालसँग फोनमार्फत तलबको विषयमा छलफल भएको थियो। उक्त छलफलमा पुस २५ गते भेटघाट गरी पुस २८ गतेसम्म तलब भुक्तानी गर्ने आश्वासन दिइएको थियो।
तर पुस २८ गते तलब लिन कम्पनीमा पुग्दा अफिसमा कोही नभएको र अर्का CEO दिलिप सिंहसँग फोन सम्पर्क गर्दा कम्पनी आर्थिक रूपमा डुब्ने अवस्थामा पुगेको तथा बन्द गर्ने तयारीमा रहेको जानकारी दिइएको कर्मचारीहरूले बताएका छन्। सोही कारण तलब दिन नसक्ने बताइएको पीडितहरूको आरोप छ।
लामो समयसम्म तलब नपाएपछि पीडित कर्मचारी प्रियता खवास, किशोर खवास, पर्शुराम यादव, शैलेजा रोय लगायतले न्यायको माग गर्दै DSP कार्यलयमा निवेदन दिएका छन्।
यता कम्पनीका CEO दिलिप सिंहले भने कर्मचारीहरूले पाउनु पर्ने तलब प्राविधिक समस्याका कारण समयमा दिन नसकिएको स्वीकार्दै केही दिनभित्रै बाँकी तलब उपलब्ध गराउने दाबी गरेका छन्।
