ग्रीन पिस सुपर लिग–२०८२ (सिजन–१) उद्घाटन खेलहरू रोमाञ्चक

बिराटनगर । ग्रीन पिस सुपर लिग–२०८२ (सिजन–१) को उद्घाटनसँगै पहिलो दुई खेलहरू अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएका छन्। दुवै खेलमा उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन देखियो।

‎पहिलो खेल: ग्रीन पिस टाइटन्स vs ग्रीन पिस बोल्ड्स

‎पहिलो खेलमा ग्रीन पिस टाइटन्सले ग्रीन पिस बोल्ड्ससँग प्रतिस्पर्धा गरे।

‎ टाइटन्सले निर्धारित २० ओभरमा १७५ रन बनाउँदै आक्रामक सुरुवात गरे। टाइटन्सका लागि ईफरिदि मियाले ४२ बलमा ५७ रन र साजिद आलमले २८ बलमा ३३ रन बनाए।

‎जवाफमा १७६ रनको लक्ष्य पछ्याएको बोल्ड्सले १६४ रनमै सबै विकेट गुमायो। बोल्ड्सका लागि अमन शेखले ३० बलमा ५१ रन र आशिक शेखले १० बलमा १५ रन बनाए।

‎बलिङतर्फ टाइटन्सका मुस्तकीम आलमले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। उत्कृष्ट प्रदर्शनको कारण उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

‎दोस्रो खेल: ग्रीन पिस वारियर्स vs ग्रीन पिस लायन्स

‎दोस्रो खेलमा ग्रीन पिस वारियर्सले ग्रीन पिस लायन्ससँग प्रतिस्पर्धा गरे। वारियर्सले पहिला ब्याटिङ गर्दै १२० रन बनायो। वारियर्सका लागि डानिश राजा (३९ रन, २७ बल) र अरमान आलम (२३ रन, १५ बल) ले महत्वपूर्ण योगदान दिए। लायन्सका आयान हकले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए।

‎जवाफमा लायन्स टोली १२० रनको लक्ष्य पछ्याउँदै ७० रनमै समेटियो। अल्ताफ आलमले १० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

‎बलिङतर्फ वारियर्सका समिम राइनले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने तौफिक आलमले २ विकेट लिए। समिम राइनको उत्कृष्ट प्रदर्शनका कारण उनी ‘म्यान अफ द म्याच’ घोषित भए।

‎लीगको सुरुवातमै उच्च स्कोर र सशक्त बलिङ प्रदर्शन देखिएकाले आगामी खेलहरू अझ रोमाञ्चक हुने संकेत देखिएको छ।