ग्रीन पिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सलाई
विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्स्ले जितेको छ ।
आज भएको फाइनल खेलमा टाइटन्स्ले वारियर्सलाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १ रनको योगफल तयार गरेको थियो । वारियर्सका दानिस रजाले २५ रन बनाउँदा महमद चाँदले २१ रनको योगदान दिए । टाइटन्सका रहमद हुसैन ४ विकेट लिँदा तलाहा खानले ३ विकेट लिए ।
१ सय २ रनकोे लक्ष्य पाएको टाइटन्स्ले १८ दशमलव ५ बलमा ५ विकेटमा सो विजयी लक्ष्य भेट्टाएको थियो । टाइटन्स्का यफ्रिदि मियाले ४१ रन बनाउँदा मेराज शेखले १० रनको योगदान दिए । वारियर्सका अब्बु उवेदा अन्सारीले ४ विकेट लिँदा समिम रैनले १ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ द फाइनल टाइटन्स्का रहमद हुसैन घोषित भए भने उत्कृष्ट ब्याटर टाइटन्स्का यफ्रिदि मिया, उत्कृष्ट बलर टाइटन्स्का रहमद हुसैन घाषित भए । त्यस्तै प्लेयर अफ टुर्नामेन्ट वारियर्सका अब्बु उदेवा अन्सारी घोषित हुँदा उदयमान खेलाडी वारियर्सका समिम रैन घोषित भए । आइतबारदेखि शुरु भएको प्रतियोगितामा विराटनगरका ४ टिम सहभागि रहेका थिए ।
