खैरो हिरोइनसहित २५ वर्षीय युवक विराटनगर बसपार्कबाट पक्राउ

विराटनगर । मोरङ प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगंज वडा नं. २५ निवासी २५ वर्षीय बिपुल बर्मा रहेका छन्।

प्रहरीका अनुसार २०८२ चैत ६ गते अपराह्न करिब ४ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली खटिएको थियो।

टोलीले शंकास्पद अवस्थामा रहेका बर्मालाई जाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकमा प्याक गरी राखिएको करिब १०० ग्राम (प्लास्टिक बाहेक) खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

बरामद गरिएको लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ।

Add a Comment