बिराटनगरमा महिलाहरूका लागि साइक्लिङ प्रतियोगिता हुने

बिराटनगर । माडवारी महिला मंच तथा माडवारी युवती मंचको संयुक्त आयोजनामा बिराटनगरमा महिलाहरूका लागि साइक्लिङ प्रतियोगिता आयोजना हुने भएको छ।

“Perkup & Pedal” शीर्षकमा आयोजना हुन लागेको Ladies Cycling Competition आगामी चैत १४ गते (२८ मार्च २०२६) मा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा १५ वर्षभन्दा माथिका महिलाहरूले सहभागिता जनाउन सक्नेछन्।

स्वास्थ्य र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले “Pedal for Fitness, Ride with Confidence” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। करिब ६ किलोमिटर दूरीको रेस ट्र्याक तय गरिएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ११,०००, द्वितीयलाई रु ७,००० र तृतीयलाई रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ भने सान्त्वना पुरस्कारस्वरूप रु १,१०० प्रदान गरिनेछ।

सहभागीहरूका लागि विभिन्न सुविधाहरू समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले रु ५०० शुल्क तिर्नुपर्नेछ। साथै, प्रतियोगितामा गियर नभएको साइकल (non-gear cycle) मात्र प्रयोग गर्न पाइने मापदण्ड राखिएको छ।

 

Add a Comment