चितवनमा तीन सवारी ठोक्किँदा ३३ जना घाइते
बिराटनगर । रौतहटको गौरबाट छुटेको यात्रुबहाक बससहित तीन सवारी साधन ठोक्किँदा ३३ जना घाइते भएका छन्। दुर्घटना शुक्रबार बिहान करिब पौने २ बजे चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा भएको हो।
प्रहरीका अनुसार ईट्टा लोड गरेर सडक किनारमा पार्किङ गरिराखिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रु बस ठोक्किएको थियो। त्यसपछि सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस पनि ठोक्किँदा ठुलो दुर्घटना भएको हो।
दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आपटारी चितवनका सुरक्षाकर्मीले तत्काल उद्धार कार्य सुरु गरेका थिए। घाइतेहरूलाई चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जना गरी जम्मा ३३ जनाको उपचार भइरहेको छ। सबै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न एक बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
—
घाइतेहरूको विवरण
चितवन मेडिकल कलेजमा उपचाररत: १. सार्थकबाबु क्षेत्री (२०), उदयपुर त्रियुगा–१०
२. सदाकत मियाँ (३९), धनुषा जनकपुर–१७
३. नरेन्द्र शाह (५२), धनुषा जनकपुर–१७
४. मुकेश कुमार केसरी (४१), रौतहट गौर–५
५. समिर अन्सारी (१७), धनुषा जनकपुर–७
६. गीता देवी यादव (५०), महोत्तरी पिपरा–१
७. कृष्ण कुमार साह, रौतहट राजदेवी–१
८. बसन्त झा (४६), धनुषा जनकपुर–१
९. मुकेश लाल कर्ण (४९), धनुषा जनकपुर–४
१०. अन्जु कर्ण (३४), धनुषा जनकपुर–४
११. आरुष कर्ण, धनुषा जनकपुर–४
१२. राम क्षेत्री (३७), महोत्तरी पिपरा–१
१३. अनिकेत कुमार साह (२०), रौतहट राजदेवी–१
१४. आरभ मिश्र (११), रौतहट बृन्दावन–३
१५. विधा चौधरी (१९), धनुषा लक्ष्मीनिया–४
नेशनल सिटी अस्पतालमा उपचाररत: १. आदित्य कुमार सिंह (२०), धनुषा जलेश्वर–५
२. रेखा सिंह (४३), धनुषा जलेश्वर–५
३. अञ्जली सिंह (२१), धनुषा जलेश्वर–५
४. सुनिल प्रसाद (३२), भारत मोतिहारी
५. सुभद्रा कुमारी चौधरी (२५), भारत मोतिहारी
६. प्रिया जैशवाल (७), भारत मोतिहारी
७. कृती जैशवाल (४), भारत मोतिहारी
८. आलोक कुमार राउत (२८), धनुषा जनकपुर–८
९. मोनु कुमार महतो (२१), रौतहट राजदेवी–२
१०. गम्भिरादेवी ठाकुर (६६), रौतहट गौर–९
११. विजय साह (५०), रौतहट गरुडा–७
१२. उर्मिला कुमारी साह (४०), रौतहट गरुडा–७
१३. सुनिता देवी मिश्र (६२), रौतहट बृन्दावन–३
भरतपुर अस्पतालमा उपचाररत: १. राजकिशोर दास (३०), रौतहट दुर्गावती–२
२. राजु दास (२५), रौतहट दुर्गावती–२
३. महमद साहेब (२२), भारत मोतिहारी
४. रोशी कुमार साह (१९), रौतहट माधवनारायण–५
५. दिव्या चौधरी (१९), धनुषा लक्ष्मीनिया–४

 
																							 
																							