इटहरीमा महिन्द्राका दुई अत्याधुनिक इलेक्ट्रिक एसयूभी सार्वजनिक

इटहरी । पछिल्लो समय देशमा इलेक्ट्रिक सवारी साधनप्रति आकर्षण बढ्दै गइरहेका बेला इटहरीमा महिन्द्राका दुई नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरिएको छ। नेपालका लागि Mahindra & Mahindra को आधिकारिक वितरक Agni Incorporated Pvt. Ltd. ले विशेष कार्यक्रम आयोजना गर्दै BE 6 र XEV 9e मोडेल सार्वजनिक गरेको हो।

इटहरीस्थित महिन्द्रा शो-रूममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएका यी दुवै गाडी अत्याधुनिक INGLO प्लेटफर्ममा आधारित छन् भने MAIA नामक स्मार्ट अटोमोटिभ सिस्टमबाट सञ्चालन हुन्छन्। कम्पनीका अनुसार ‘Born Electric Vehicles’ अवधारणाअनुसार निर्माण गरिएका यी गाडीले पर्फर्मेन्स, इन्टेलिजेन्स, डिजाइन र दिगोपनालाई एकसाथ समेटेका छन्।

यी मोडेलहरू यसअघि NAIMA Nepal Mobility Expo 2026 मार्फत नेपाली बजारमा पहिलोपटक प्रस्तुत गरिएका थिए। कार्यक्रममा Nischal Basnet र Swastima Khadka सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कम्पनीले आगामी दिनमा यस्ता आधुनिक इलेक्ट्रिक सवारी साधन देशभर विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। नयाँ प्रविधियुक्त यी इलेक्ट्रिक गाडीहरूले नेपाली बजारमा सकारात्मक प्रतिक्रिया पाउँदै गएको कम्पनीले जनाएको छ।

Add a Comment