सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन निरन्तर घट्दै

काठमाडौं सेयर बजार निरन्तर ओरालो लागेको छ। कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो।

यसदिन नेप्से ५.९१ अंकले घटेर २०५५.८८ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबार तुलनामा घटेको छ। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड बराबरको सेयर कारोबार भयो। त्यसअघि सोमबार २ अर्ब ८५को सेयर कारोबार भएको थियो। आज कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने दुईको मात्रै बढ्यो।

बैकिंङ, ट्रेडिङ,होटल्स एन्ड टुरिजम डेभलपमेन्ट बैंक, हाइड्रोपावर,फाइनान्स, नन लाइफ इन्स्योरेन्स, अदर्श, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्डको सूचक नकारात्मक देखिएको हो। ११ समूहको सूचक घट्दा मनु एन्ड प्रो र इन्भेस्टमेन्ट समूहको क्रमश :०.५ र ०.६९ प्रतिशतले बढ्यो।

यसदिन हिमालयन हाइड्रो पावरको सेयर ९.९७ प्रतिशतले बढ्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.९९ प्रतिशतले घट्यो। आज २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता सेयर १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४७ रुपैयाँमा खरिदबिक्री भयो। नागरिक लगानी कोष १० करोड बढिको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।