तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग : सांसद देव गुरुङ

काठमाडौं। सांसद देव गुरुङले तत्काल निर्वाचनसम्बन्धी ऐन ल्याउन माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले निर्वाचनसम्बन्धी कार्यतालिकाका लागि तत्काल ऐन ल्याउनुपर्ने माग गरे।

सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा सदस्य निर्वाचनको घोषणा गरेको छ।प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भनेर संविधानको धारा ८५ (१) ले भनिको छ। सर्वोच्च अदालतको दुई /दुई पटकको आदेशले पाँच वर्ष घटाउन नपाउने भनिएको छ। यो मध्यावधि निर्वाचन पनि होइन। ७६ को ५ को सरकार विफल भएको पनि होइन,’उनले भने,’ त्यसकारण निर्वाचन कार्यतालिकासम्बन्धी विषयमा एउटा ऐन ल्याउन आवश्यक छ।