पछिल्लो २४ घन्टामा थप ८१५ जना कोरोना संक्रमित पाँच जनाको मृत्यु

बिराटनगर। नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। ४७६ जना संक्रमणबाट मुक्त हुँदा पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४५३४ नमूना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४११ र एन्टिजेनबाट २१२३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४६५ र एन्टिजेनबाट ३५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८६९ पुगेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *