मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु

काठमाडौं। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन्।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन २६ गतेको मन्त्रिपरिषद बैठकले गरेका २४ वटा महत्वपूर्ण निर्णयहरु आइतबार सार्वजनिक गरेका हुन्।

बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि हुने अमेरिकी डलर १०० मिलियन (करिब १२ अर्ब ७० करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।जापान सरकारबाट पूर्वी तराईको सिचाई प्रणाली पुनरस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी येन २२५६ मिलियन (करिब २ अर्ब १३ करोड ६४ लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

यस्तै बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।