महा शिवरात्रिको अवसरमा किडजी स्कुलमा कार्यक्रम आयोजना 

बिराटनगर । बिराटनगरस्थित किडजी स्कुलमा महा शिवरात्रिको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरिएको छ।

शिवरात्रिलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा पीजी ग्रुपदेखि यूकेजीसम्मका विद्यार्थीहरू भगवान शिव र माता पार्वतीको पहिरनमा विद्यालय उपस्थित भएका थिए। साना विद्यार्थीहरू विभिन्न आकर्षक वेशभूषामा सजिएर कार्यक्रममा सहभागी हुँदा विद्यालय परिसर शिवमय बनेको थियो।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई सोही पहिरनमा र्‍याम वाक गराइएको थियो। अभिभावक तथा शिक्षकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले बालबालिकामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयले नियमित पठनपाठनसँगै यस्ता विविध अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूलाई अध्ययनसँगै विभिन्न सिर्जनात्मक तथा व्यवहारिक गतिविधिमा समावेश गराई बाह्य ज्ञान तथा आत्मविश्वास वृद्धि गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिँदै आएको विद्यालयले जनाएको छ।

Add a Comment