कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।