सागर डिष्टिलरीको आईपीओ २२ गुणाभन्दा बढी ओभरसब्स्क्राइब

विराटनगर । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन्।

सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार यी आवेदकबाट करिब २ करोड ६५ लाख कित्ता शेयरको माग भएको छ। यस आधारमा सर्वसाधारणलाई छुट्याइएको ११ लाख ९० हजार कित्ताको तुलनामा यो आईपीओ २२ गुणाभन्दा बढी ओभरसब्स्क्राइब भएको हो।

सर्वसाधारणतर्फ निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये करिब १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता शेयर प्राप्त गर्नेछन्। बाँकी करिब २२ लाख ३३ हजार आवेदकको हात खाली रहनेछ। बाँडफाँट गोला प्रथामार्फत हुने बताइएको छ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको हो। यसमध्ये १० प्रतिशत वैदेशिक रोजगारमा रहेका नेपाली, ५ प्रतिशत सामूहिक लगानी कोष र केही हिस्सा कर्मचारीका लागि छुट्याइएको छ।

आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ निर्धारण गरिएको छ भने यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Add a Comment