महानगर प्रहरी प्रमुख पौडेलको घर अगाडी बाटो गुणस्तर हिन

विराटनगर। विराटनगर वडा नम्बर ११ मा रहेको छिमेकी मार्गको नाला भत्की भत्किएको छ। करिब ६ महिना अगाडी निर्माण गरेको नाला कालो पत्र गर्नु भन्दा अगाडी नै भत्किएको हो।

पंचमुखी देख पन्श्चिम तर्फ जाने छिमेकी मार्ग विराटनगर महानगर प्रहरी प्रमुख राजन पौडेलको घर अगाडी बनेको नाला करिब २५ मिटर भत्किएको छ। नाला बनाएको ६ महिना पनि भएको छैन ,कालो पत्र पनि गर्न सकेको छैन नाला भत्किएको स्थानीयले बताए। कालो पत्र गरे पछि ठुला ठुला गाडी आउ जाउ गर्यो भने बाटो पनि भत्किने र नाला पुरे जाम हुने समस्या आउन सक्ने भएकोले पहिला नाला बनाउनुपर्ने स्थानीयले बताए। काम गुणस्तर हिन भएको समेत स्थानीयले बताए।