हत्या गरेर गाडेको अवस्थामा बालिकाको शव फेला

विराटनगर। हत्या गरेर गाडेको अवस्थामा एक बालिकाको शव फेला परेको छ। विराटनगरमा महानगरपालिका–५ स्थित एउटा घरको पछाडि बारीमा गाडेको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव भेटिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेजस्तो देखिन्छ। शव उत्खनन गरेर पोस्टमार्टमका लागि पठाउने तयारी प्रहरीले गरेको छ।

विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए। केही सूचना आएका आधारमा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका प्रहरीको छ। यो कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।