अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा बुढीगंगाका खेलाडीहरूको ऐतिहासिक सफलता

विराटनगर/ गंगटोक, सिक्किम – प्रथम सिक्किम ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा न्यू सेप कराते एकेडेमी, बुढीगंगा का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएका छन्। प्रतियोगितामा नेपाली टोलीले १२ स्वर्ण, ५ रजत, र ४ काँस्य पदक जितेर ऐतिहासिक सफलता हात पारेका छन्।

स्वर्ण पदक विजेता (कुमिते तर्फ)

१. सायर भट्टराई
2. परस रिजाल
3. मानस थापा
4. पल राना मगर
5. सोपमिल मगर
6. दिपेश थापा
7. लतिका गुरुङ
8. रोजिता थापा
9. संयुना मगर
10. सायरा भट्टराई
11. महेश यादव
12. सौरव आले मगर

रजत पदक विजेता

🥈 रभानी घिमिरे
🥈 रोमन थापा
🥈 अनुष्का निरौला
🥈 स्मृति नेपाल
🥈 स्वेता राई

काँस्य पदक विजेता

🥉 केल्भिन राना मगर (कुमिते)
🥉 आसिश सरदार
🥉 खुसी राना

🥉 केल्भिन राना मगरले काता तर्फ पनि काँस्य पदक जित्दै नेपाललाई थप गौरवान्वित बनाएका छन्।

प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको उत्कृष्ठ प्रदर्शनले नेपालमा कराते खेलको उज्ज्वल भविष्य संकेत गरेको छ। न्यू सेप कराते एकेडेमीका प्रशिक्षक प्रभाकर राना मगर ले खेलाडीहरूको कठिन परिश्रम र समर्पणको प्रशंसा गर्दै आगामी प्रतियोगितामा अझ सशक्त प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

टोलीका प्रशिक्षकहरू:

प्रभाकर राना मगर

ललिता राई

भावना घिमिरे


व्यवस्थापक टोली:

नवीन राना मगर

खेम राज भट्टराई

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगर ले प्रतियोगितामा विजयी खेलाडीहरूलाई खादा र माला लगाएर सम्मान गर्दै बधाई व्यक्त गर्नुभएको छ। उहाँले खेलकुदले युवा पुस्तालाई अनुशासन, एकता, र स्वस्थ जीवनशैलीको मार्गदर्शन गर्ने बताउँदै खेलाडीहरूको भविष्य विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

यस ऐतिहासिक उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय करातेमा थप चिनाउने अवसर प्रदान गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *