लाईफ गार्ड अस्पतालमा पेट रोग विशेषज्ञ डा. मोहन खड्काको स्वागत

विराटनगर / विराटनगरको बरगाछीस्थित लाईफ गार्ड अस्पतालले पेट रोग विशेषज्ञ डा. मोहन खड्कालाई औपचारिक रूपमा स्वागत गरेको छ। अस्पतालका प्रबन्धक निर्देशक ईन्द्र भुजेलले खादा लगाएर डा. खड्कालाई स्वागत गरेका हुन्।

डा. खड्काले पाचन प्रणाली तथा पेटसम्बन्धी कुनै पनि रोगको उपचार गर्ने जानकारी गराउँदै इन्डोस्कोपी प्रविधिबाट विभिन्न रोगहरूको पहिचान र उपचार गर्ने बताए। विशेष गरी मुखमार्फत पाईप प्रविष्ट गराएर पित्तथैलीको पथरी हटाउने जस्ता नवीनतम उपचार प्रविधि यहाँ उपलब्ध रहेको उनले बताए।

२०११ सालदेखि नोबेल अस्पताल, श्री अस्पताल लगायत विभिन्न अस्पतालमा सेवा प्रदान गरेका डा. खड्काले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो विशेषज्ञता प्रस्तुत गरिसकेको बताए। उनले विराटनगर क्षेत्रका बिरामीहरूलाई अब भारत वा काठमाडौं जानु नपर्ने गरी यहीँ गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

डा. खड्काले विशेष गरी गरिब तथा विपन्न बिरामीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अस्पतालका प्रबन्धक निर्देशक भुजेलका अनुसार डा. खड्का हरेक आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म निरन्तर सेवा प्रदान गर्नेछन्।


लाईफ गार्ड अस्पतालले पेट रोगसम्बन्धी सेवा सहज, सुरक्षित र पीडारहित रूपमा उपलब्ध गराउने लक्ष्यसहित इन्डोस्कोपी सेन्टर विस्तार गरेको जनाएको छ। बिरामीहरूले यहाँ नै सहज र गुणस्तरीय सेवा पाउन सकून् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *