चट्ट्याङ लागेर महिलाको मृत्यु

विराटनगर/  खोटाङको केपिलासगढी गाउँपालिका-७ मा चट्ट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

४५ वर्षीया दिलकुमारी राईको आफ्नै घरआँगनमा सामान उठाउने क्रममा शनिबार बिहान परेको चट्ट्याङले लाग्दा घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनापछि प्रहरी टोली परिचालित भई कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ।

स्थानीयहरूका अनुसार उक्त क्षेत्रमा शनिबार बिहान हावाहुरीसँगै वर्षा भएको थियो। प्रहरी प्रशासनले खराब मौसममा सतर्क रहन सबैलाई आग्रह गरेको छ।