करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु

विराटनगर। करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु भएको छ। झापामा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो भने इलाममा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो।

दुवै घटना शनिबार भएको हो। प्रहरीका अनुसार विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो।

भरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेर घाइते भएका थिए ।

यस्तै, इलामको माई नगरपालिका–८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईलाई मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो। घरमा कोही नभएका बेला उनलाई करेन्ट लागेको थियो।

पछि छरछिमेकले लडिरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए। प्रहरी चौकी महमाईबाट पुगेको टोलीले उद्धार गर्न खोज्दा उनको मृत्यु भइसकेको पाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले सरल पत्रिकालाई जानकारी दिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *