सडक सुधारको ढिलाइले दिएको सास्ती

सडक सुधारको ढिलाइले दिएको सास्ती
सिर्जना नेपाल( महेन्द्र मोरङ अध्ययनरत)
विराटनगर चैत्र१७ गते । विराटनगर महानगरपालिकाले विभिन्न भित्रि सडकहरुको सुधार कार्यलाई अघि बढाएपनि निर्माण कार्यमा ढिलाई हुँदा यतिबेला अधिकाशं स्थानीयहरुले सास्ती भोग्नु परेको छ । सडक निमार्णका लागि थुपारिएका माटो, बालुवा, गिट्टी र निमार्ण उपकरणहरुले सडक छेकिँदा सवारी साधान र पदैलायात्री दुवैका लागि घाँडो भएको स्थानियहरुले गुनासो गरेकाछन् ।

महानगरपालिकाले पछिल्लो समय वडा नम्बर तिनको सडक सुधार आयोजना संचालन गरिरहेको छ । उक्त सडक निमार्णका लागि ठेकेदार कम्पनी जिम्बा एस जेभिसँग महानगरपालिकाले पाँच करोड १३ लाख बराबरको रकम सम्झौता गरेको पाइन्छ । यद्यपी सडक निमार्ण कार्यमा ढिलाईहुँदा स्थानीयहरु सडक सुधारबाट सुविधाको साट्टो सास्ती भोग्नुपरेको स्थानीय रमेश भट्टराई बताउनुहुन्छ । वसन्त ऋतुको आगमनसँगै बहने सुख्खा हावाले माटो बालुवा यात्रुहरुको आँखामा मात्र नभइ घर–घरमा पस्ने र भान्साकोठामा समेत पस्ने गरेको गुनासो स्थानीय बासिन्दाले पोख्नुभयो । गरेको उहाँले बताउनुभयो । घर अगाडि बालबालिकाहरु खेल्दा थुपारिएको माटो र निमार्ण उपकरणहरुले बालबालिकाहरु विरामी र घाइतेहुने गरेको बताउनुभयो ।

उता निमार्ण कम्पनी जिम्बा एस जेभिका साइट इन्जिनियर सुरज शर्मा भने निमार्णका लागि आवश्यक सामाग्री समयमा आउन नसकेको कारणले निमार्णकार्यमा समयलागेको बताउनुहुन्छ । उहाँले आफूहरुले धुलोको लागि सडकमा प्रति दिन तीन पटक पानी समेत पटाउने गरेको बताउनुभयो । इन्जिनियर शर्माले सडकका सामाग्री चाढै आउने र काम समयमै सम्पन्न हुने समेत दाबी गर्नुभयो । महानगरपालिकाका योजना महाशाखा प्रमुख अर्जुन थापाले निमार्ण कम्पनी सँग भएको सम्झौता बमोजिम २०८२ कार्तिक महिनासम्ममा काम सम्पन्न गर्न नसके कार्वाही प्रक्रियामा जाने बताउनुभयो ।

विराटनागर महानगरपालिकामा देखिएको यो विषय न त नौलो हो न त लुकेको यो त देशभरी भएको सडक विस्तारमा देखिएको समस्या र सास्तीको एक प्रतिनिधिमुलक घटनामात्र हो । विकासले मानव समुदायलाई स्वच्छ बतावरण दिनुपर्ने हो । तर पछिल्लो समयमा विकास निमार्ण कार्यमा ढिलाई हुँदा यस्ले सर्वसाधारणलाई सास्ती दिनेगरेको छ । यसप्रति सम्बन्धित सबै निकायले ध्यानदिन आवश्यक रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *