April 9, 2025
मोटरसाइकल चोरी गरी भारत लगेर बेच्ने दुई जना पक्राऊ
विराटनगर। विराटनगरका विभिन्न भागबाट मोटरसाइकल चोर्दै भारतमा लगेर बेच्न सक्रिय समूहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले विराटनगर–१६ दरैया बस्तीबाट विराटनगर–१७ का २५ वर्षीय महम्मद मियाँ र १७ वर्षीय बालकलाई पक्राउ गरेको हो।
उनीहरुले विराटनगरमा मोटरसाइकल चोरी गरी भारतमा लगेर बेच्ने गरेको पाइएको छ। समूहमा अरु पनि हुन सक्ने बताउँदै प्रहरीले खोजी भइरहेको जनाएको छ।
विराटनगरमा ६ दिनयता लगातार मोटरसाइकल चोरीका घटना भएका छन् । यो अवधिमा ६ वटा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ। तीन वटा मोटरसाइकल कोशी अस्पताल क्षेत्रबाट चोरी भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले बताए।