November 3, 2025
आज सुन स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो
विराटनगर। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि यही मूल्यमा सुन किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको तीन हजार ५५ रुपैयाँ भन्दा बढी हो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा देखिएको स्थिरता र माग–आपूर्तिको अवस्थाका कारण सुनको मूल्यमा परिवर्तन नआएको बताएको छ।
