April 20, 2025
गाँजा सहितको कार नियन्त्रणमा, चालक फरार
सुनसरी/सुनसरीको दुहबी नगरपालिका–४ स्थित मालहट्टी क्षेत्रबाट प्रहरीले ११६ किलोग्राम गाँजासहित एक कार नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले वैशाख ६ गते बेलुका चेकजाँचको क्रममा बा ७ च ९२६३ नम्बरको मारुति कारको डिक्कीमा लुकाइ राखिएको अवस्थामा चारवटा जेब्रा झोलाभित्र उक्त गाँजा बरामद गरेको हो।
गाँजा ओसारपसारमा प्रयोग भएको कार नियन्त्रणमा लिएपनि घटनापछि फरार रहेका चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ। साथै, घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।