हरिवंश आचार्य अभिनीत फिल्म ‘भूठान’ सेन्सर पास, वैशाख १२ गतेदेखि प्रदर्शनमा
काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘भूठान’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार सबै उमेर समूहका दर्शकहरूले यो फिल्म हेर्न सक्नेछन्।
अंग्रेजी शीर्षक ‘The World’s Happiest Man’ राखिएको यो फिल्ममा हरिवंशले फरक खालको भूमिका निर्वाह गरेका छन्। हालै सार्वजनिक गरिएको टिजर र ट्रेलरले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ।
‘भूठान’ फिल्ममा हरिवंशसँगै दयाहाङ राई, अदिति प्याकुरेल, जोयस पाण्डे, पूजा चन्द, ऋचा घिमिरे, अनुराधा मजुमदार, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको अभिनय रहेको छ। फिल्मको कथा भुटानी शरणार्थीको जीवनमा आधारित छ भने सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो।
‘बुलबुल’ फिल्मबाट चर्चामा आएका विनोद पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको रनटाइम १ घण्टा ४५ मिनेट रहेको छ।
फिल्मका निर्माता अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, विनोद पौडेल र किर्तना बाँस्कोटा रहेका छन्।