April 22, 2025
लागुऔषधसहित मोरङ र सुनसरीबाट दुई जना पक्राउ
बिराटनगर / मोरङ र सुनसरी जिल्लाबाट लागूऔषधसहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको सुनबर्षी नगरपालिका–९ स्थित क्षेत्रबाट अवैध लागूऔषध ट्रामाडोलका ५ हजार क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरी चौकी सिक्टिबाट खटिएको टोलीले वेवारिसे अवस्थामा कपडाको झोलाभित्र राखिएको लागूऔषध फेला पारेको हो।
त्यसैगरी, सुनसरीको धरान–६ बाट ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरी रहेका छन्।
प्रहरी चौकी पानबारीको टोलीले उनीहरूलाई २ ग्राम ३१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी मुद्दा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।