नेपाली सिनेमा ‘झिल्को’को अग्रिम बुकिङ सुरु, स्मार्टफोनको कुलत र पारिवारिक विखण्डनमाथि संवेदनशील प्रस्तुति

काठमाडौं। आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘झिल्को’ को अग्रिम टिकट बुकिङ सुरु भएको छ। आजको डिजिटल युगमा प्रविधिको लतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असर विषयमा केन्द्रित यो सिनेमा देशभरका हलहरूमा प्रदर्शन हुने तयारीमा छ।

यादवकुमार भट्टराई निर्देशित सिनेमाले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको कथावस्तुलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ। ट्रेलरमा देखिएको कथाले अभिभावकको बेवास्ता, अभिभावक–सन्तानबीच बढ्दो दूरी, तथा पारिवारिक विखण्डन जस्ता समसामयिक विषयहरूलाई उजागर गरेको छ।

सिनेमामा बाल कलाकार आयुषी ढकालको सशक्त अभिनय रहेको छ भने, अन्य कलाकारमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको समेत अभिनय रहेको छ।

*‘झोला’*जस्तो सामाजिक प्रभाव पारेको सिनेमाबाट ख्याति कमाएका निर्देशक भट्टराईले ‘झिल्को’ मार्फत बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्शाउन खोजेका छन्।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको यो सिनेमामा छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर र साउन्ड मिक्सिङ श्याम कुँवर, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। कथा तथा पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको संयुक्त लेखनमा तयार गरिएको हो।

सिनेमाका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। ‘झिल्को’ जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो।

यसैबीच, बिहीबार साँझ काठमाडौंमा सिनेमाको ग्रान्ड प्रिमियर शो आयोजना गरिएको छ, जसमा कलाकार, सञ्चारकर्मी, फिल्मकर्मी र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *