‘पेस्तोल पड्काउँदै नाचेको’ भिडिओ प्रकरणः जसपा नेता डा. बबिसिंह यादव प्रहरी सोधपुछमा

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेता डा. बबिसिंह यादवलाई सामाजिक सञ्जालमा भाइरल भएको भिडिओका कारण प्रहरीले सोधपुछका लागि बोलाएको छ। उक्त भिडिओमा यादव ‘पेस्तोल पड्काउँदै नाचिरहेको’ देखिएपछि सप्तरी प्रहरीले उनीसँग सोधपुछ गर्न लागेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, भिडिओमा पेस्तोल पड्काएको जस्तो देखिएको हुँदा उक्त घटनाको सत्यतथ्य बुझ्न उनलाई बुधबार दिउँसो प्रहरी कार्यालयमा बोलाइएको हो।

एसपी खतिवडाले भने, “भिडिओ सार्वजनिक भएपछि त्यसबारेमा के हो भनेर सोधपुछ गर्न उहाँलाई बोलाएका छौं।”

यादवको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको व्यापक चर्चा भइरहेको छ। सार्वजनिक जीवनमा रहेका नेताहरूबाट यस्तो व्यवहारले कानुनी र नैतिक प्रश्न उठाएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको छ।

प्रहरीले भिडियोको सत्यता, हतियारको अवस्था (कानुनी कि अवैध), र त्यसको प्रयोगबारे अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *