कटुवा पेस्तोलसहित हरिनगर-७ का एक युवक पक्राउ

सुनसरी / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७ का २५ वर्षीय सजाद अन्सारीलाई कटुवा पेस्तोल राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार, वैशाख १८ गते अपरान्ह स्थानीय स्तरमा भएको बादविवादको क्रममा अन्सारीले पेस्तोल देखाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले अन्सारीको साथबाट कटुवा पेस्तोल बरामद गरेको जनाएको छ। हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, अवैध हतियार राख्ने र प्रयोग गर्ने कार्य कानुनी रूपमा दण्डनीय अपराध हो, र यस्तो कार्यमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही अघि बढाइनेछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *