दादासाहेब फालके १५६औं जन्मजयन्ती समारोहमा नेपाली सर्जक अनिता सोनीलाई ‘BEST LYRICS – NEPAL’ पदकद्वारा सम्मान
विराटनगर /भारतीय फिल्म जगतका पितामह दादासाहेब फालकेको १५६औं जन्म जयन्तीको अवसरमा आयोजित भव्य पुरस्कार समारोहमा नेपालकी प्रतिभाशाली गीतकार अनिता सोनीलाई ‘BEST LYRICS – NEPAL’ पदकद्वारा सम्मानित गरिएको छ।
उक्त सम्मान समारोह मुम्बईको मुकेश पटेल अडिटोरियममा शनिबारका दिन भव्य रूपमा सम्पन्न भएको हो। नेपाली संगीत र साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी सोनीले यस अन्तर्राष्ट्रिय मान्यताको साथ आफ्नो प्रतिभाको उच्च मूल्याङ्कन प्राप्त गरेकी छिन्।
समारोहमा भारतीय फिल्म उद्योगका प्रसिद्ध हस्तीहरू जस्तै संगीतकार अनु मलिक, गायक सोनु निगम, शान, अभिनेत्री मन्दाकिनी, सुप्रसिद्ध गीतकार समिर, टिभी कलाकारहरु तथा विभिन्न विधामा योगदान पुर्याउने अन्य प्रतिष्ठित व्यक्तित्वहरूलाई पनि विविध सम्मान प्रदान गरिएको थियो।
दादासाहेब फालके पुरस्कारलाई भारतीय फिल्म जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कारको रूपमा मानिन्छ, जसले सिर्जनात्मकता, नवप्रवर्तन र योगदानलाई सम्मान गर्दछ।
अनिता सोनीको यो उपलब्धिलाई नेपाली सांगीतिक क्षेत्रमा गर्वको विषयका रूपमा लिइएको छ।