कोशी प्रदेश सरकारलाई नेकपा (एकीकृत समाजवादी)को १६ बुँदे मागपत्र
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले १६ बुँदे मागपत्र बुझाएको छ। आइतबार पार्टी प्रदेश कमिटी अध्यक्ष सरिता खड्काको नेतृत्वमा प्रतिनिधिमण्डलले मुख्यमन्त्री कार्कीलाई विभिन्न तत्कालीन र दीर्घकालीन मागहरू समेटिएको ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
प्रदेशको आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी भइरहेका बेला समाजवादीले विभिन्न सामाजिक, आर्थिक तथा संरचनागत सुधारका प्रस्तावसहित मागपत्र बुझाएको हो। ज्ञापनपत्रमा विकास निर्माण, रोजगारी सृजना, सेवा प्रवाह सुधार, पिछडिएको वर्गको upliftment, शिक्षा र स्वास्थ्यमा पहुँच विस्तारलगायतका विषय समेटिएको जनाइएको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार नागरिकका हितमा प्रतिबद्ध रहेको बताउँदै प्रदेश सरकारले सम्भव भएसम्म मागहरू समेटेर अघि बढ्ने आश्वासन दिएका छन्।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता राजेन्द्रकुमार राईसहित अन्य नेताहरूको उपस्थिति रहेको थियो।