नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलको विवाद चुलियो।
नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलको विवाद चुलियो।
२०८२/०१/१४ नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलका युवा नेतृत्वले पार्टी कार्यालयलाई झकझकाउने कार्य गरिरहेको थियो। सदस्यता शुद्धिकरण र नेतृत्वको पूर्ण चयन जस्ता गम्भीर विषयलाई लक्षित गरेर ज्ञापनपत्र बुझाएको थियो। तर ज्ञापनपत्र अब हेलना गरेको भन्दै पुन आइतबार १०१ तरुण दल का युवाको हस्ताक्षर सहित तरुण दल मोरङ जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेका हुन्। विज्ञप्ति निकाल्दै नेपाल तरुण दलका अध्यक्ष साथै केन्द्रीय सदस्यहरुमा यस विषयको बारेमा ध्यान आकर्षण गराएका छन्। उचित समयमा ठोस निर्णय ननिकाले आगामी दिनमा संघर्षपूर्ण ढंगले अघि बढ्ने तरुण दलका युवाहरुले बताएका छन् तसर्थ ज्ञापन पत्र साथै तालाबन्दीलाई गैरजिम्मेवार ठाने तरुण दल मोरङका अध्यक्ष को चरम लापरवाही रहने र संगठनप्रतिको ध्यानाकर्षण साथै जिम्मेवारी बोधको कमी रहने भान पनि भइरहेको युवाहरुले बताएका छन् आज गरिएको तालाबन्दीको ७२ घण्टाभित्र उचित जवाफ नआए आफूहरू संघर्षमा लाग्ने तरुण दलका युवा नेता आकाश घिमिरेले बताएका छन्