May 7, 2025
सप्तकोशी नदीमा पुलबाट हाम्फाल्दा एकजनाको मृत्यु
विराटनगर। उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर एकजनाको मृत्यु भएको छ।
वैशाख २३ गते बिहान करिब पौने ११ बजे सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकरजंग राई सप्तकोशी नदीमा रहेको पुलबाट हाम्फालेको सूचना प्राप्त भएपश्चात अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको टोलीले तत्काल उद्धार कार्य थालेको थियो।
प्रहरी टोलीले राईलाई नदीबाट निकालेर तत्कालै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाएको थियो। तर, उपचारको क्रममा राईको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।
यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।