मंगलबार सुन र चाँदीको मूल्य घट्यो

विराटनगर । मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा १ हजार ३०० रुपैयाँले घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर तोलामा २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ।